आईएमई लाइफको वार्षिकोत्सवमा ६१९ जनाले गरे रक्तदान

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले छैटौं वर्ष पूरा गरेको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले देशका सातै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीले आयोजना गरेको रक्तदान कार्यक्रममा  ६ सय १९ जनाले सहभागिता जनाएका छन् । कम्पनीका प्रमुख संचालन अधिकृत दिनेश अमात्यका अनुसार सामाजिक उत्तरदायित्वको भावना बहन गर्दै रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो ।

Advertisement

आईएमई लाइफको केन्द्रीय कार्यालय काठमाडौं, लैनचौरका साथै शाखा कार्यालयहरु विर्तामोड, इटहरी, बीरगञ्ज, मिर्चैया, नारायणघाट, पोखरा, बुटवल, सुर्खेत, नेपालगन्ज, टीकापुर र धनगढीमा रक्तदान कार्यक्रम गरिएको कम्पनीले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत सीईओ कवि फुयाँलले यस अघि कम्पनीले खिर खाने दिनमा महिला अभिकर्ताहरुको सम्मान कार्यक्रम, ललितपुरमा रहेको आरुष अस्पतालमा जीवनशैली जनित रोगहरुको बारेमा जनचेतना, धरानमा १ हजार बृक्षारोपण कार्यक्रम गरेको जनाएका छन् ।

सीईओ फु्यालले देशैभरि रहेका विभन्न मानव सेवा आश्रम तथा बाल आश्रम सहित १३ स्थानहरुमा वृहत स्वास्थ्य शिविर सम्पन्न गरेको पनि प्रकाश पारे ।

विस २०७४ भदौ १ गतेदेखि कारोबार संचालनमा आएको आईएमई लाइफ इन्स्योरेन्सले सुरक्षा, बचत तथा लगानी लगायतका ग्राहकका विभिन्न आवश्यकताहरुसँग सम्बन्धित विविध व्यक्तिगत तथा सामूहिक बीमा योजनाहरु प्रदान गर्दै आइरहेको कम्पनीले जानकारी दिएको छ । 

Advertisement

Advertisement