पर्वतारोही ओम्निका डंगोलद्धारा युरोपको सबैभन्दा अग्लो हिमाल आरोहण गर्न सफल

Advertisement

काठमाडौं । पर्वतारोही ओम्निका डंगोलले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर)को आरोहण गर्न सफल भएकी छन् । 

उनले आइतबार बिहान रुसी समयअनुसार ६ः१५ बजे अर्की आरोही फुर्पा शेर्पा र पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङका आरोहण गर्न सफल भएकी हुन् । शेर्पा कर्पोरेट नेपालकर्मी हुन् । 

Advertisement

उड्डयन क्षेत्रमा कार्यरत डंगोलले यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरिसकेकी छन् । विश्वका अरु अग्ला हिमालहरु आरोहण गर्ने अभियानमा रहेकी डंगोलले सगरमाथा चढ्नुअघि लोबुचे, मेरा र आइलन्ड पिकहरुको सफल आरोहण गरेकी थिइन् । 

सगरमाथा आरोहण गर्ने पहिलो फ्लाइट एटेण्डेन्ट (विमान परिचालिका)को रुपमा आफ्नो नाम लेखाउन सफल भइसकेकी डंगोलले बाँकी पाँच महादेशका सबैभन्दा अग्ला हिमालहरु पनि चाँडै आरोहण गर्ने योजना बनाएकी छन् । उनी निजी क्षेत्रको उड्डयन सेवा हिमालय एयरलाइन्समा विगत आठ बर्षदेखि कार्यरत छिन् । 

Advertisement

Advertisement