काठमाडौं । लक्ष्मी भ्यालु फण्ड २ को इकाई आज बाँडफाँट भएको छ ।
लक्ष्मी सनराइज बैंक लिमिटेड कोष प्रबर्द्धक र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा ८० करोड रुपियाँ बराबरको ८ करोड इकाईको बिक्री खुल्ला गरेको थियो ।
निर्धारित समयावधि भित्रै शतप्रतिशत इकाइ बिक्री भएको कम्पनीले जनाएको छ ।