मुग्लिनमा ठूलो पहिरो, पन्छाउन समय लाग्ने

Advertisement

काठमाडौं । चितवनको मुग्लिन नजिक ठूलो सुख्खा पहिरो खसेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका ६ टोपेखोला नजिकै गए राति पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

पहिलो ठूलो भएकाले हटाउन एकदेखि दुई दिन लाग्नसक्ने अनुमान गरिएको छ । राति अबेरसम्म पहिलो खस्ने क्रम जारी रहेको र पन्छाउन समय लाग्ने प्रहरीको भनाई छ । 

Advertisement

सडक डिभिजन कार्यालय भरतपुरले पहिरो गएको ठाउँमा डोजर पठाएको र पहिरो पन्छाउन सुरु गरेको जनाएको छ । सडक अवरुद्ध हुँदा नारायणगढ र मुग्लिनतर्फका सवारी साधनहरु सडकमै रोक्किएका छन् ।

Advertisement

Advertisement