पोखराकी पत्रकार रोशनी क्षेत्रीले गरिन् शरीरमा पेट्रोल  छर्किएर आत्मदाह !

Advertisement

काठमाडौं । पोखराकी पत्रकार रोशनी क्षेत्री (एलिजा) ले आत्मदाह गरेकी छिन् । २५ वर्षीया उनले पोखरा ८ जाल्पारोडस्थित आफ्नै निवासमा शरीरमा पेट्रोल छर्केर आत्महत्या गरेकी हुन् । 

आगाले शरीर जलेर घाइते भएकी उनलाई तत्काल गण्डकी मेडिकल कलेज लगिएको र त्यसपछि  पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रिफर गरेपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा हिजो दिउँसो निधन भएको हो ।

Advertisement

चलचित्र पत्रकार संघ नेपाल कास्कीकी कार्यसमिति सदस्यसमेत रहेकी उनले माछापुच्छ्रे एफएम, परिचय डटकम, अन्नपूर्ण एफएमलगायत मिडियामा काम गरेकी थिइन् । उनी पत्रकारितामा स्नातकोत्तर तहमा अध्ययनरत थिइन् ।

मृतक एलिजाको गत वर्षमात्र विवाह भएको थियो । उनको पेटमा शिशु हुर्किदै गरेको समेत परिवारजनले जनाएको छ । आत्मदाह गर्नुको कारण खुलेको छैन ।

Advertisement

Advertisement