काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही तथा माउन्टेन गाइड कामिरिता शेर्पाले अफ्रिकाको सबैभन्दा अग्लो हिमाल किलिमन्जारोको आरोहण गरेका छन् ।
उनले बुधबार अफ्रिकाको समय अनुसार बिहान ९ः३० बजे उक्त हिमालको सफल आरोहण गरेका हुन् । शेर्पाले यस वसन्त ऋतृमा सर्वोच्च शिखर सगरमाथा २८ पटक चढेर आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए ।