काठमाडौं । शेयरप्रो सेक्यूरिटीज प्रालि (शेयर दलाल नं.६५) शेयर दलाली सेवा प्रदान गर्ने कम्पनी हो । कम्पनीले गत जेठ ९ गते मा नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमतिपत्र प्राप्त गरी शेयर दलाली तथा निक्षेप सदस्यको सेवा प्रदान गर्र्र्दै आइरहेको छ ।
कम्पनीको आज बोर्डका अध्यक्ष रमेशकुमार हमालले औपचारिक उद्घाटन रेका हुन् । कार्यक्रममा अध्यक्ष हमालले कम्पनीलाई बधाई दिदैं उच्चतम् प्रतिस्पर्धा र प्रविधिको प्रयोगबाट नै शेयर बजारमा सकारात्मक परिवर्तन हुँदै जाने विश्वास व्यक्त गरे । साथै ग्राहकहरुको सन्तुष्टिमा नै कम्पनीको प्रगती भर पर्ने कुरामा जोड दिए ।
उक्त अवसरमा कम्पनीले साता व्यापी कायक्रम ‘शुभारम्भ सप्ताह’ समेत सार्वजनिक गरेको छ । यो कार्यक्र आज शुक्रबारदेखि १५ गतेसम्म बिहान १०ः०० बजे देखि साँझ ५ः०० बजेसम्म कम्पनीको कार्यालय ढल्कुमा हुनेछ ।
कम्पनीका विद्यमान ग्राहक तथा धितोपत्र बजारमा रुचि राख्ने जो कोही व्यक्तिले उक्त कार्यक्रममा सहभागी भएर अनलाइन कारोबार तथा निक्षेप सेवाका सम्बन्धमा आवश्यक जानकारी लिई लाभ लिन सक्ने विश्वास कम्पनीले लिएको छ ।