मेगा स्टक मार्केट्स लिमिटेडले शुरु गर्यो धितोपत्र दलाल सेवा

Advertisement

काठमाडौं । मेगा स्टक मार्केट्स लिमिटेडले धितोपत्र दलाल सेवा प्रारम्भ गरेको छ ।   

उक्त कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवाको अनुमति, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडबाट धितोपत्र दलाल सदस्य नं ७५ र सिडिएस एण्ड क्लियरिङ्ग लि.को राफसाफ सदस्यता लिई आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी गत शुक्रबारदेखि सेवा शुरु गरेको हो । 

Advertisement

कम्पनीका अध्यक्ष प्राडा गोविन्द नेपालको अध्यक्षतामा भएको एक कार्यक्रमकाबीच नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाल र नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले संयुक्त रुपमा सेवा शुभारम्भ गरेका हुन् । 

कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीसहित नेप्से, सेबोन, सिडिएस, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक तथा एनआइएमबी एस क्यापिटलका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो । 

कम्पनीले सुशासन, नियमपरिपालना, उच्च प्रविधिको प्रयोगबाट लगानीकर्ताहरुलाई छिटो र सरल ग्राहक मैत्री सेवा दिने प्रतिबद्घता व्यक्त गरेको छ । 
 

Advertisement

Advertisement