आइएमई पे र कान्तिपुर सिनेमास्ले गरे भुक्तानी सम्बन्धी सम्झौता

Advertisement

काठमाडौँ  । आइएमई पे ले कान्तिपुर सिनेमास्सँग पेमेन्ट पार्टनरसिप सम्बन्धि सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता अन्तर्गत कान्तिपुर सिनेमास्को एप तथा वेबसाइटमा आइएमई पे एकमात्र भुक्तानी साझेदारका बनेको हो ।

कान्तिपुर सिनेमास् एक ओ टी टी प्लेटफर्म हो, जहाँ विभिन्न चलचित्र तथा चलचित्रको श्रृंखलाहरुलाई स्ट्रीमिङ सेवा प्रदान गरिन्छ । आइएमई डिजिटल सोलुसनका तर्फबाट प्रमुख मार्केटिङ अधिकृत सन्जिव चन्द्र न्यौपानेले भदौ पाँच गते सो सम्झौतामा हस्ताक्षर गरेका छन् ।

Advertisement

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्धित आइएमई पे मोबाइल वालेट एप अन्तर्गतको विद्युतीय भुक्तानी सेवा प्रदायक हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७२ बमोजिम ’आइएमई डिजिटल’ दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी पनि हो।

हाल २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको जानकारी दिएको  छ । 

Advertisement

Advertisement