काठमाडौँ । एशिया कपअन्तर्गत आज जारी नेपाल–पाकिस्तानबीचको खेलमा नेपालले खेलको २७.५ ओभरमा पाकिस्तानको चौथो विकेट लिन सफल भएको छ ।
नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिएका हुन् । उनले आघा सलमानलाई ५ रनमा आउट गर्न सफल भएका हुन् । यससँगै पाकिस्तानले २८ ओभर खेल्दै ४ विकेटको क्षतिमा १२४ रन बनाएको छ ।
नेपालका लागि पहिलो विकेट करण केसीले लिएका हुन् भने दोस्रो र तेस्रो विकेट रनआउट भएको हो यस्तै मोहमद रिजवानलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गरेका हुन् ।
पाकिस्तानले एसिया कप क्रिकेटमा नेपालविरुद्ध पहिला ब्याटिङ गरिरहेको छ ।