नेप्से दोहोरो अंकले तल झर्योः एक कम्पनीमा पोजेटिभ र दुईमा नेगेटिभ सर्किट

Advertisement

काठमाडौं । साताको पहिलो दिन आज आइतबार शेयर बजार दोहोरो रकमले घटेसँगै कारोबार रकम पनि खुम्चिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २९.८१ अंकले घटेको हो । १.४९ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६०.७८ अंकमा ओर्लिएको छ । 

Advertisement

आज २७६ कम्पनीका ४० लाख ५३ हजार ३ सय ६८ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४ सय १०.८७ रुपियाँ बराबरको कारोबार भएको हो । 

आज एक कम्पनीमा पोजेटिभ सर्किट लाग्दा २ कम्पनीमा नेगेटिभ सर्किट लाग्यो । बजार घटे पनि आज थ्री स्टार हाइड्रोका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै लिबर्टी इनर्जी र सिटी होटलका लगानीकर्ताले सबैभन्दा बढी १०–१० प्रतिशतले घाटा व्यहोरेका छन् । 

सोल्टी होटलको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३ करोड ८८ लाख ८८ हजार १ सय ६ रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  
 
 

Advertisement

Advertisement