भिजन लुम्बिनी उर्जा कम्पनीको आईपीओ आजदेखि, क-कसले भर्न पाउँछन् ?

Advertisement

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनीले आज भदौ १९ गतेदेखि आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ निष्काशन खुला गरेको छ ।  

कम्पनीले स्थानीयलाई १९ करोड १२ लाख २५ हजार रुपियाँ बराबरको १९ लाख १२ हजार ५ सय कित्ता आईपीओ निष्काशन गरेको हो । आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाको वडा नं १, २, ३, ४ र पोखरा महानगरपालिकाको वडा नं १९ का स्थानीय बासिन्दाले उक्त आईपीओका लागि आवेदन दिन सक्ने छन् । 

Advertisement

त्यस्तै १ लाख ९१ हजार २५० कित्ता आईपीओका लागि वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन् ।

आईपीओका लागि स्थानीयहरुले छिटोमा असोज २ गते र ढिलोमा आसोज १७ गतेसम्म आवेदन दिन पाउने छन् । वैदेशिक रोजगारीमा रहेकाहरुले भने असोज २ गतेसम्म मात्र आईपीओ भर्न पाउने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएका छन् । 

Advertisement

Advertisement