फोटोनको इभी ट्रक लोड बोकेरै पशुपतिनाथबाट जानकी मन्दिर पुग्न सफल

Advertisement

काठमाडौं । फोटोनको विद्युतीय ट्रक टीएम वानले फुल लोड बोकेर पशुपतिनाथ मन्दिरबाट जानकी मन्दिर सिंगल चार्जमा नै पुग्न सफल भएको छ । फोटोन टीएम वानले एकैपटकमा २ सय १७ किलोमिटरको दूरी पार गर्न सफल भएको हो ।

पशुपतिनाथ मन्दिरदेखि सुरु भएको यात्रा जानकी मन्दिरसम्म पुग्न सफल भएको कम्पनीले जनाएको छ । फोटोनको विद्युतीय ट्रक टीएम वानको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले टीएम वान विद्युतीय ट्रक बजारमा ल्याएको हो ।

Advertisement

यसपालीको ‘नाडा अटो शो’मा फोटोन टीएम वान विशेष अफरका साथ लन्च हुने कम्पनीले जनाएको छ । 

Advertisement

Advertisement