बिवाईडीले घोषणा गर्यो डल्फिन अन द रोड कार्यक्रम, विजेताले एक लाख पाउने

Advertisement

काठमाडौं । बिवाईडी अटो उद्योगको आधिकारिक वितरक सिमेक्स आईएनसी प्राईभेट लिमिटेडले डल्फिन अन द रोड कार्यक्रमको घोषणा गरेको छ । उक्त डल्फिन ब्राण्डको गाडी आगामी नाडा अटो सो मा लन्च हुँदैछ । 

डल्फिन ब्राण्डको गाडीको भिडियो तथा टिकटक बनाएर पोस्ट गर्दा सर्वसाधारणहरुले एक लाख रुपियाँसम्मको नगद पुरस्कार समेत जित्ने भएका छन् । उक्त पुरस्कार जित्नु अघि कम्पनीले इच्छुकहरुलाई लक्षित गरेर केही नियम समेत सुनाएको छ । 

Advertisement

सबैभन्दा पहिला डल्फिनको गाडी सडकमा देख्दा ग्राहकहरुले त्यसको भिडियो खिच्नु पर्नेछ । फेसबुक, इन्टाग्राम र टिकटकमा उक्त भिडियोलाई पोस्ट गरी बिवाईडीको आधिकारीक पेजमा समेत ट्याग गर्नुपर्ने नियम रहेको छ ।

विवाईडीमा रोडमा गुडेको डल्फिन गाडीको भिडियो पोस्ट गर्ने सबै सहभागीहरुकालागि नाडा अटो सो को टिकट निःशुल्क वितरण गर्ने समेत कम्पनीले जनाएको छ ।    

Advertisement

Advertisement