हिमालय एयरलाइन्सले काठमाडौं—छिङ्डाओ उडान शुरु गर्यो

Advertisement

काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंबाट चीनको छिङ्डाओमा सिधा उडान शुरु गरेको छ । आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै एयरलाइन्सले यसबारेमा जानकारी गराएको हो । 

पत्रकार सम्मेलनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ लगायतको उपस्थिति रहेको थियो । पत्रकार सम्मेलनमा बोल्द मन्त्री किराँतीले चीनको छिङ्डाओमा सिधा उडान भर्न लागेको खुशी व्यक्त गरे । 

Advertisement

उनले उक्त विमानस्थल बिआरआई परियोजनाको भूमि भएको नाताले महत्वपूर्ण रहेको बताए । किराँतीले धेरै चिनियाँलाई पाहुनाको रुपमा नेपाल भित्राउनसके र ग्रामीण संस्कृतिको जरासम्म पुर्याउनसके पर्यटन क्षेत्रमा नयाँ गन्तव्य बन्ने बताए । 

चीनका विभिन्न शहरबाट पोखराको शहरमा उडान गर्नको लागि चिनियाँ राजदूतसँग आग्रह गरे । मन्त्री किराँतीले काठमाडौं—पोखरा—चीनसम्म उडान गर्ने वातावरण मिलाउन सके नेपालमा पर्यटन क्षेत्रले नयाँ इँटा थप्ने विश्वास व्यक्त गरे । 

undefinedundefined

Advertisement

Advertisement