तारा एयरको पोखरा-जोमसोम नियमित उडान सोमबारदेखि

Advertisement

काठमाडौं । प्रतिकुल मौसमसंगै बन्द भएको पोखरा–जोमसोमको उडान सोमबारदेखि तारा एयरले नियमित हुने भएको छ । 

बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित गर्न लागेको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनीका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । 

हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाईएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै संचालन हुनेछ समेत कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement