काठमाडौं । नेपालका लागि फोर्स मोटर्सको आधिकारिक आयातकर्ता आयाम इन्टरकन्टिनेटल प्रालिले नाडा अटो शो मा भारतमा अत्याधिक माग रहेको र नेपालमा सर्वाधिक मानिसहरुको पर्खाईमा रहेको फोर्स कम्पनीको अरबानीया भ्यान लन्च गरेको छ । सोही अवसरमा अब इच्छुकहरुले गाडी किन्न सक्ने तथा बुकिङ गर्न सक्ने कम्पनीले जनाएको हो ।
उक्त भ्यान नेपालमा आयातीत माइक्रोबसहरु मध्येमा सबैभन्दा प्रिमियम सुबिधा यूक्त रहेको छ भने कार जस्तै आरामदायी र सुबिधा सम्पन्न रहेको कम्पनीले जानकारी दिएको छ ।
विश्व प्रसिद्ध मर्सिडिज बेन्जको डिजाइनमा बनेको तथा सोही कम्पनीको इन्जिन, गेयरबक्स तथा एक्सल जडान गरिएकाले आकर्षक र सुबिधा सम्पन्न देखिने माइक्रोबसमा १५ र १८ सिट क्षमतामा उपलब्ध छन् । १५ सिटे भ्यानको मुल्य ८२ लाख ९९ हजार र १८ सिटे भ्यानको मुल्य ८६ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
उक्त मूल्य भने छोटो समयको लागि मात्रै रहने कम्पनीले जनाएको छ । त्यस्तै, ग्राहकहरुको लागि आकर्षक २२ वटा प्रमूख स्थानहरुमा डिलर तथा सर्भिस सेन्टरहरु राखिएको कम्पनीले जानकारी दिएको छ ।