रिलायबल नेपालको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबार हुने, ओपनिङ रेञ्ज कति ?

Advertisement

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको ४ करोड कित्ता आईपीओ नेप्सेमा सूचीकृत भएको छ । 

कम्पनीले सर्वसाधारणहरुका लागि बिक्री गरेको १ करोड २० लाख कित्ता कम्पनीका संस्थापकहरुको २ करोड ८० लाख कित्ता आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

आईपीओमा सूचीकृत भएसँगै उक्त कम्पनीको शेयर आगामी आइतबारदेखि आरएनएलआई सिम्बोलमा कारोबार हुनेछ । रु. १६२.२९ देखि रु. ४८६.८७ ओपन रेञ्ज निर्धारण गरिएको छ । 
 

Advertisement

Advertisement