काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
यसैक्रममा आईपीओ निष्काशनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
उक्त सम्झौतामा सूर्य कुण्ड हाइड्रोका प्रबन्ध संचालक सुकुन्तलाल हिराचन तथा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।