बीमा कम्पनीहरुले आवश्यकता बुझेर सेवा प्रवाह गर्न अध्यक्ष सिलवालको निर्देशन

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य  सिलवालले मेट लाइफ इन्स्योरेन्सले ल्याएको सेवा बीमित मैत्री रहेको बताएका छन् । सिलवालले बीमितको आवश्यकता बुझेर बीमा कम्पनीहरुले आफ्ना सेवा प्रवाह गर्दा प्रभावकारी हुनेमा समेत जोड दिएका हुन् ।

उनले बीमा क्षेत्रमा डिजिटल प्राविधिको मागको साथसाथै प्रयोग समेत बढ्न थालेको बताएका छन् ।  आज मेट लाइफ इन्स्योरेन्सले वान नाम गरेको नयाँ मोबाईल एप सार्वजनिक गरेको छ । सोही एपको शुभारम्भमा बोल्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले प्रविधिले एकातिर बीमितलाई सजिलो बनाउँने र अर्कोतिर बीमाको पहुँच पनि बढाउने बताएका हुन् । 

Advertisement

उनले मेट लाइफको वान एपको माध्यमबाट बीमितहरुका विभिन्न जिज्ञासाहरुको समाधान हुने सुनाए । कार्यक्रममा मानव स्वास्थ्यको महत्वमा प्रकाश पार्दै बीमाले मानव जीवनमा पुर्याउने योगदानमा समेत चर्चा गरिएको थियो । 

आगामी दिनमा बीमा कम्पनीहरुले विगतको जस्तो अर्काको बीमालेखको नक्कल गर्ने भन्दा पनि बैंकहरुले जस्तै रचनात्मक भए नयाँ नयाँ योजनाहरु ल्याउनु पर्ने पनि  बताए । 

Advertisement

Advertisement