एशिया कप क्रिकेटको उपाधि आठौं पटक भारतले लग्यो

Advertisement

काठमाडौं । एशिया कप क्रिकेटको उपाधि पुनः भारतले जितेको छ । उसको यो आठौं एशिया कप उपाधि हो । आइतबार भएको फाइनल खेलमा श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको छ । 

जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । कोलम्बोमा भएको खेलमा भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । 

Advertisement

यसअघि कोलम्बोमा टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंका १५.२ ओभरमा जम्मा ५० रन जोड्दा अलआउट भएको थियो । भारतका मोहम्मद सिराज एक्लैले ६ विकेट, हार्दिक पाण्डेले ३ र जसप्रित बुमराहले १ विकेट लिएका थिए । 

यसअघि सुपर फोर चरणमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको थियो ।

Advertisement

Advertisement