अमेरिकामा भ्रमणको बेला अर्थसचिव नियुक्त भएका पुष्करले बिहीबार कार्यभार सम्हाल्ने

Advertisement

काठमाडौं । अर्थसचिव कृष्णहरि पुष्करले बिहीबार पदभार सम्हाल्ने तयारी गरेका छन् । लामो समयको कसरतपछि उक्त पदमा फर्किन सफल भएका पुस्कर अमेरिका भ्रमणमा रहेको बेला मन्त्रिपरिषद्ले अर्थसचिव नियुक्ति गरेको हो । 

सरकारले चार महिनामै अर्जुन पोखरेललाई अर्थसचिवबाट हटाएर पुस्करलाई ल्याएको हो । भारतीय दूतावाससँग नजिक मानिएका उनलाई अर्थसचिव बनाउन अर्थमन्त्री इच्छुक नरहे पनि कांग्रेस नेतृ तथा सो पार्टीका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको दबाब र प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगाको समर्थनमा नियुक्त भएको जनाइन्छ ।  

Advertisement

यसअघि मन्त्रिपरिषद तथा प्रधानमन्त्री कार्यलयमा रहेका पुष्करलाई शुक्रबार अर्थसचिवको जिम्मेवारी तोकिएको हो । उनले भोलि सरुवाको रमाना लिने र कार्यभार पनि सम्हाल्ने बताए । 

Advertisement

Advertisement