काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ५० लाख ९८ हजार ४० कित्ता आईपीओ सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारणहरुलाई बिक्री गरेको २४ लाख ९८ हजार ४० कित्ता र संस्थापक शेयरधनीहरुको २६ लाख कित्ता शेयर आज सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत भएसँगै भोलि सोमबारदेखि शेयर कारोबार शुरु हुनेछ । रु. ९७.८७ देखि रु. २९३.६१ ओपनिङ रेञ्ज तय गरिएको नेप्सेले जनाएको छ ।