नेपालमा पहिलो पटक एडभेन्चर एक्सपो’ सम्पन्न

Advertisement

काठमाडौं । नेपालमै पहिलो पटक ‘नेपाल एडभेन्चर एक्स्पो’ आयोजना भएको छ । दरबारमार्गस्थित पाँचतारे अन्नपूर्ण होटलमा शनिबार आयोजना भएको यो प्रदर्शनी एक दिन मात्रै आयोजना भएको हो । 

आयोजकमध्येका एक सोनाम जाङ्बु शेर्पाले नेपालको बाहिरी सौन्दर्य प्रदर्शन गर्न र साहसिक, दुर्गम र आकर्षक परिदृश्यहरू अन्वेषण गर्न प्रोत्साहित गर्ने उद्देश्यसहित पहिलो पटक यस्तो प्रदर्शनी आयोजना गरिएको बताए । उनले नेपाल पर्यटन बोर्डलाई यसमा सहभागिता र सहयोगका लागि पटक पटक आग्रह गर्दा पनि सुनुवाई नगरिएको गुनासो गरे । 

Advertisement

एक दिने प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डहरुले स्टल राखेका थिए । एक्स्पोमा पुगेका बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यस्तो प्रदर्शनीलाई सरकारले पनि सहयोग गर्नुपर्ने बताए । एक अवलोकनकर्ता लालु तामाङले भनिन, ‘यस्तो खालको एक्स्पोहरुका नेपालमा आयोजना गर्नुपर्छ । नेपाल विश्वमा एडभेन्चरको लागि परिचित छ । यसलाई प्रवर्द्धन गर्न सक्नुपर्छ ।’

undefinedundefinedundefined

Advertisement

Advertisement