हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बिलम्ब शुल्क नलिने

Advertisement

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्कको किस्ता तिर्न ढिलाई हुँदा लाग्ने लेट फि व्यतित बीमालेखको बिलम्ब शुल्क नलिने भएको छ । कम्पनीले बीमितहरुलाई उक्त शुल्कमा पूर्ण रुपमा छुट दिने जनाएको हो ।

बीमा मर्जरमा गएका प्राइम लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सबाट बीमितहरुले छुट पाउने भएका हुन् । आगामी असोज १० गतेदेखि २६ गतेसम्म नविकरण तथा पूनर्जागरण गर्दा लाग्ने ब्याज तथा जरिवानामा छुट कम्पनीले जनाएको छ ।

Advertisement

त्यस्तै, तीन वर्षसम्म व्यतित भएका बीमालेखमा ब्याज जरिवानामा शतप्रतिशत छुट, तीन वर्षभन्दा माथी सात वर्षसम्म व्यतित बीमालेखमा ब्याज जरिवानामा पचास प्रतिशत र सात वर्षभन्दा माथी जतिसुकै अवधिको व्यतित बीमालेखमा ब्याज जरिवानामा पच्चिस प्रतिशत छुट दिने छ ।
 

Advertisement

Advertisement