नबिल बैंकको नयाँ शाखा मोरङको सुन्दर हरैँचामा

Advertisement

काठमाडौं । नबिल बैंकको २६६ औँ शाखा मोरङको सुन्दर हरैँचा नगरपालिका गोठगाँउ स्थित पूर्वाञ्चल विश्वविद्यालय परिसरमा उद्घाटन गरिएको छ । 

बैंकिङ पहुँच तथा सेवा विस्तार रणनीतिका साथ गोठगाउँमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।

Advertisement

गोठगाउँ शाखाको पुर्वाञ्चल विश्वविद्यालयका उप कुलपति प्राडा यादवराज कोईराला, नबिल बैंकका संचालक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा गरेका हुन् । 

कार्यक्रममा पुर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार निलमणि पोखरेल, उद्योग संघठन मोरङका सभापति राकेश सुराना, बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्च अधिकारीहरूको उपस्थितीे थियो । 

बैंकले देशभर २६६ शाखा सञ्जालसहित १९ वटा एक्सटेन्सन काउन्टर र ३१० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।  
 

Advertisement

Advertisement