सूर्यज्योति लाइफको पहिलो  ‘कर्पोरेट मिट’ सम्पन्न

Advertisement

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलमा पहिलोृ कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । 

कार्यक्रममा कम्पनीका सञ्चालकद्वय नन्दकिशोर शर्मा र हेमन्त नहाटा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाशविक्रम खत्री, वरिष्ठ नायव सीईओ पवन खड्का पनि सहभागी थिए । 

Advertisement

दुई दिने कार्यक्रमको पहिलो दिन कम्पनीका सीईओ खत्रीले कम्पनीको आगामी योजना  सम्बन्धी जानकारी गराउँदै यस वर्षको मूल रणनीति ‘गुड टु ग्रेट’ विषयवस्तुमा प्रस्ट पारेका थिए । उनले कर्मचारीहरुले आफ्नो सोच, कार्यशैली, ग्राहकलाई प्रदान सेवा र सुशासनमा ल्याउनुपर्ने परिवर्तन सम्बन्धमा मार्गनिर्देश गरेका थिए । 

दोश्रो दिन मोटिभेसनल स्पिकर बीके रमण नेपालीले अन्तरक्रियात्मक खेलहरुमार्फत व्यक्तित्व  विकाससम्बन्धी तालिम दिए । सीईओ खत्रीले  सूर्या लाइफ र ज्योति लाइफको सफल मर्जरपश्चात कम्पनी हरेक सुचकहरुमा अव्वल हुँदै आइरहेको बताउँदै कम्पनीको दूरगामी लक्ष्य प्राप्तिका लागि आफू कटिबद्ध रहेको बताए । 

साथै बीमितको सहज सेवा सुविधालाई अझै चुस्तदुरुस्त बनाउनका लागि आवश्यक कार्यविधिमा तगारुकताका साथ परिमार्जित गर्दै लैजाने पनि उनले बताए । 

कम्पनीका सञ्चालक शर्माले कम्पनीको संस्थागत सूसाशनमा जोड  दिँदै जाने र नियामक निकाय बीमा प्राधिकरणबाट जारी भएका नीति नियमहरु अनिवार्य पालना गर्नुपर्नेमा ध्यानकर्षण गराए । 

Advertisement

Advertisement