ॐ शब्द हटाउन खोजेको हल्लामा सत्यता नभएको उपकुलपतिको राप्रपालाई जवाफ

Advertisement

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति भुपाल राईले ॐ शब्द नेपाली नेपाली शब्दकोषबाट हटाउन खाजेको भन्ने हल्लामा सत्यता नरहेको दावी गरेका छन् । 

सनातन संस्कृतिको महत्वपूर्ण शब्द ॐ हटाउन खोजिएको भन्ने हल्ला चलेको बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को टोली आइतबार उपकुलपति राईलाई भेट्न प्रतिष्ठान पुगेको थियो । 

Advertisement

राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ नेतृत्वको टोलीलाई राईले उक्त हल्लामा सत्यता नरहेको दावी गरेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । नेपाली जनमानसमा सदियौंदेखि प्रचलनमा रहेको र सनातन संस्कृतिको महत्वपूर्ण शब्द ॐ हटाउन खोजिएको समाचारपछि प्रतिष्ठान र सरकारको अहिले चर्को आलोचना भइरहेको छ । 

आजको छलफलमा राईले समाचारमा आएका विषयमा कुनै सत्यता नभएको जिकिर गर्दै राप्रपालाई आश्वस्त गराउने प्रयास गरेका थिए । त्यसअवसरमा राप्रपाका नेताहरुले सम्मानित संस्थाहरुले आफ्नो साख भत्किन दिन नहुनेमा सजग हुनुपर्ने र स्थापित संस्थाहरूको विश्वसनीयता कायम हुनुपर्ने भन्दै ॐ केवल पवित्र ध्वनी मात्र नभई अनन्त र सनातन शक्तिको श्रोत र प्रतीक पनि भएको बताएका थिए । 

यो शब्द विश्वका प्रायः सबै मुख्य संस्कृतिसँग सम्वन्धित पनि भएकाले यो शब्दको संवेदनशीलतामाथि हुने खेलवाड आफूहरुलाई स्वीकार्य नहुने राप्रपाको चेतावनी पनि छ । 

Advertisement

Advertisement