प्राधिकरणद्धारा नेपाल वायुसेवा निगमका प्राविधिकहरुमाथि कारवाही

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले गए राति साउदी अरबको दमामका लागि उडेको नेपाल वायुसेवाको जहाजमा प्राविधिक समस्या आएर फिर्ता भएको घटनामा नेपाल वायुसेवा निगमका प्राविधिकहरुमाथि कारवाही गरेको छ । 

प्राधिकरणले ड्युटी मेन्टेनेन्स म्यानेजर र कन्टिन्युइङ एयरवर्थिङ (सीए) म्यानेजरलाई बिहीबारदेखि नै ‘ड्युटी अफ गर्ने निर्णय गरेको हो । गए राति दमामका लागि उडेको नेपाल वायुसेवाको जहाज बीचमा पुगेपटि टिकास प्रणालीमा समस्या आएर काठमाडौं नै फर्किएको थियो । 

Advertisement

उक्त जहाज उड्नुअघि त्यसको मर्मत तथा चेकजाँचमा संलग्न प्राविधिकहरुको कमजोरी देखिएको भन्दै उनीहरुलाई प्राधिकरणले कारवाही गरेको हो । 

Advertisement

Advertisement