बझाङमा दुई पटक भूकम्प गएकै दिन शिशापाङ्मा हिमालमा हिमपहिरो, थुप्रै आरोहीहरु सम्पर्कविहीन

Advertisement

काठमाडौं । शिशापाङ्मा हिमालमा हिमपहिरो गएको छ । शनिबार दिउँसो उक्त हिमालमा ठूलो हिमपहिरो गएको हो । यो हिमाल नेपाल र तिब्बतको सीमामा पर्छ । 

आजै नेपालको बुझाङमा दुई पटक भूकम्पको शक्तिशाली धक्का महशुस भएपछि शिशापाङमा हिमपहिरो गएको समाचार आएको हो । हिमपहिरोमा परी थुप्रै हिमाल आरोहीहरु बेपत्ता भएको एक आरोहण कम्पनीका प्रतिनिधिले बताएका छन् । उनले आरोहीहरुको संख्या भने खुलाउन सकेनन् । 

Advertisement

उनले भने, ‘थुप्रै साथीहरु गएमो सुनेको हो । को को गएको छ ? बुझ्दैछौ । गएकाहरु अहिले सम्पर्कमा छैन् । तिब्बतबाट आरोहण गर्नुपर्ने उक्त हिमाल चढ्न आजै आरोहीगए आधार शिविरबाट माथि लागेका थिए । 

शिशापाङ आरोहण गर्न कीर्तिमानी पवतारोही निर्मल पुर्जा, मिङ्मा जी शेर्पा, दावा याङ्जुम शेर्पा, तेन्जेन लामा शेर्पा, अमेरिकी आरोही अन्ना गुटु र गिना मारी, तेजन गुरुङ लगायत आरोहीहरु गएको जनाइएको छ । 

Advertisement

Advertisement