काठमाडौं । सरकारको खर्च २ खर्ब ९० अर्ब पुगेको छ । गतवर्ष भन्दा १२ अर्ब बढी खर्च भएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको आम्दानी भन्दा खर्च ५२ अर्ब ८८ करोड बढि भएको छ ।
कार्यालयका अनुसार ५२ अर्ब ८८ करोड रुपियाँ सरकारले आन्तरिक ऋणबाट व्यावस्थापन गरेको हो ।
सार्वजनिक ऋण व्यावस्थापन कार्यालयको अनुसार सरकारले पहिलो तीन महिनामै ५५ अर्ब आन्तरिक ऋण उठाएको थियो ।
सोही रकमले सरकारले भुक्तानी धानेको हो ।
यो अवधिमा सरकारले २ खर्ब ३७ अर्ब कुल प्राप्ति गरेको छ । जसमा सबैभन्दा धेरै हिस्सा राजस्वको २ खर्ब २१ अर्ब छ । यस्तै दण्ड जरिवाना लगायत शिर्षकबाट १५ अर्ब प्राप्ति हुँदा अनुदानबाट ६ अर्ब प्राप्त गरेको छ ।
सो अवधिमा सरकारले सबैभन्दा धेरै खर्च चालु शीर्षकमा गरेको छ । चालु शीर्षकमा २ खर्ब १९ अर्ब भुक्तनी जादाँ विकास खर्चमा २१ अर्ब खर्च भएको छ । यस्तै वित्तीय व्यवस्था तर्फ ४९ अर्ब खर्च भएको छ ।