एनआरएनको विवाद साइबर क्राइमसम्म पुग्यो, निर्वाचनलाई मान्यता नदिन परराष्ट्रको परिपत्र

Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने असन्तुष्ट पक्षले बताएको छ । 

महासचिवका उम्मेदवार रहेका बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्टे«लियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए । 

Advertisement

अमेरिकामा पनि यस्तो नतिजा आएकाले धेरै विवाद नगरे पनि अहिले प्रमाणित भएको उनले बताए । सुवेदीले यस नतिजाले ८० लाख गैरआवासीय नेपाली भएको संस्थाले विश्वास गुमाएको बताए । उनले उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत नेपालबाट खसेको शुन्य मत रहेकाले पनि बदमासी भएको प्रमाण स्वतसिद्ध हुने बताए । 

सुवेदीले साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको बताए । उनले परराष्ट्र मन्त्रालयले पछिल्लो आफ्नो जानकारीअनुसार निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरेको उल्लेख गरे । 

तर निर्वाचित उपाध्यक्ष हेमराज शर्माले अनलाइन भोटिङबाट आएको परिणामलाई पनि स्वीकार गर्न सक्नुपर्ने बताए । उनले एक उपाध्यक्षका उम्मेदवारको नेपालबाट खसेको मत शुन्य हुनु समस्याको जड रहेको बताए । शर्माले शुन्य हुनु नहुनुपर्ने भएपनि मत नहराएको तर टेबुलमा मत गणना गर्न त्रुटी भएको हुनसक्ने बताए । 

Advertisement