शान्ति प्रक्रियाको काम पहिले नै टुंग्याइसक्नुपर्थ्यो, ‘मिस्टेक’ भयोः ओली

Advertisement

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित भएर टुंगो लगाउनुपर्ने बताएका छन् । 

बुधवार चाडपर्वको अवसर पारेर आफ्नो पार्टीले गरेको चियापान कार्यक्रममा उनले पीडितलाई न्याय दिएर शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताए । 

Advertisement

ओलीले शान्ति प्रक्रियाका बाँकी काम दलहरुले सहमतिका साथ टुंग्याउनुपर्ने पनि बताए । सर्वोच्च अदालत र विश्व मानवअधिकार परिषद्को सुझावलाई शान्ति प्रक्रिया टुंगो लगाउँदा ध्यान दिनुपर्ने उनको भनाई थियो । 

अध्यक्ष ओलीले शान्ति प्रक्रियाको टुंगो लगाउने काममा ढिलाई भएको स्वीकार गर्दै अब ढिलाई गर्न नहुने बताए । उनले भने, ‘शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउनु पर्छ । एकदम राम्ररी टुंग्याउनु पर्दछ । सहमतीका साथ टुंग्याउनु पर्छ । र भिक्टिम सेन्ट्रिक भएर टुंग्याउनु पर्छ । सर्वोच्च अदालतको आदेशलाई पनि मानेर टुंग्याउनु पर्छ । अनि, अन्तर्राष्ट्रिय समूदाय, खासगरी विश्व मानवअधिकार काउन्सिलले हामीलाई केही कुराहरु भनेको छ । ती कुराहरुलाई पनि ध्यान दिनुपर्छ ।’ 

खासगरी पीडितलाई न्याय दिएर पीडित केन्द्रित भएर यो समस्या समाधान गर्नुपर्ने ओलीको भनाई छ । उनले यो समस्या पहिले नै टुंगाईसक्नु पर्दथ्यो भन्दै त्यसमा मिष्टेक भएको बताए । 

Advertisement

Advertisement