भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारको अभाव, तर प्रधानमन्त्रीलाई अवलोकन गर्न हतार

Advertisement

काठमाडौं । गए राति गएको शक्तिशाली भूकम्पका कारण सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ ।

केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिएकोले घाइतेको उद्धारमा कठिनाइ भएको स्थानीय प्रशासनको भनाई छ । 

Advertisement

कर्णालीका डीआईजी भीम ढकालका अनुसार जाजरकोट–डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ ।

रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामीलाई ल्याउनु पर्ने भए पनि पुल भासिएकोले उद्धारमा कठिनाइ भएको हो । केही ठाउँमा सडकमा सुख्दा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । सडक खोल्ने प्रयास भइरहेको छ । 

भूकम्पले गर्दा ठूलो जनधनको क्षति भएको अपुष्ट खबर आए पनि यथार्थ विवरण आउन बाँकी छ । अहिलेसम्म तीन दर्जन मानिसको ज्यान गएको र धेरै भौतिक संरचनामा क्षति भएको जनाइएको छ । नलगाडकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ ।

भूकम्प प्रभावितहरुले राहत र उद्दार नपाइरहेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल भने सो क्षेत्रको अवलोकनमा जाने र सस्तो लोकप्रियता हासिल गर्ने तयारीमा लागेका छन् । 

उनी सेनाको हेलिकप्टर लिएर जाजरकोट जाने तयारीमा रहेको उनको सचिवालयले जनाएको छ । गए राति करिव १२ बजे ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो । यसअघि पनि सो क्षेत्रमा सयौं साना ठूला भूकम्प गइरहेको छ । 

Advertisement

Advertisement