पश्चिम नेपालमा शक्तिशाली भूकम्पबाट भएको जनधनको क्षतिप्रति राप्रपाद्धारा दुःख प्रकट

Advertisement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पश्चिम नेपालमा गए राति गएको शक्तिशाली भूकम्पबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख प्रकट गरेको छ । 

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै जाजरकोटको बारेकोट गाउॅपालिक (१ रामिडॅाडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम लगायत पश्चिम नेपालको विभिन्न स्थानमा ठूलो संख्यामा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख प्रकट गरेका हुन् । 

Advertisement

भूकम्पका कारण ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली, शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं भन्दै उनले घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । 

विपदको यस घडीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार, राहत तथा पुनःस्थापनाको काममा जुट्न सरकार, स्थानीय तह, राजनीतिक दल एवं विभिन्न संघसंस्थालाई राप्रपाले अपिल पनि गरेको छ । साथै, भूकम्प प्रभावित क्षेत्रमा गइ उद्धार कार्यमा संलग्न हुन पार्टीका विभिन्न निकायलाई राप्रपाले अनुरोध पनि गरेको छ । 

Advertisement

Advertisement