बुद्ध एयरले भूकम्प पीडितका लागि रु. एक करोड सहयोग गर्ने, राहत ढुवानीमा पनि सघाउने

Advertisement

काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले पश्चिममा गए रातिको शक्तिशाली भूकम्पबाट प्रभावित भएकाहरुको लागि रु. एक करोडको सहयोगको घोषणा गरेको छ । 

कम्पनीले शनिबार विज्ञप्ति जारी गर्दै उक्त सहयोगको घोषणा गरेको हो । बुद्ध एयरले भनेको छ, ‘जाजरकोट तथा रुकुममा आएको प्राकृतिक विपतमा परि त्यहाँका थुप्रै नागरिकले ज्यान गुमाएका छन् । भूकम्पले थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तत्पर हुनैपर्छ । हामी बुध्द एयर परिवारको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु. एक करोड सहयोग दिने निर्णय गरेका छौं । साथै उद्धार तथा राहत सामग्री ढुवानी सहयोगका लागि पनि बचनवद्ध छौं ।’

Advertisement

Advertisement

Advertisement