नागरिक उड्डयन प्राधिकरणद्धारा भूकम्प पीडितलाई एक करोड सहयोग

Advertisement

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड जम्मा गरेको छ । 

क्यानका अनुसार जाजरकोट तथा पश्चिम रुकुमका भूकम्प पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. एक करोड जम्मा गर्नुका साथै नेपालगन्ज, सुर्खेत, रुकुम सल्ले तथा चौरजहारी विमानस्थलबाट राहतका लागि प्रयोग हुने वायुयानहरुको शुल्कमा सतप्रतिशत छुट दिने निर्णय गरिएको छ ।

Advertisement

Advertisement

Advertisement