सिटिजन लाइफले पहिलो त्रैमासमा कमायो ७ करोड १४ लाख नाफा

Advertisement

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १.६० प्रतिशतले नाफा बढाउन सफल भएको छ । पोहोर सालको समिक्षा अवधिमा कम्पनीले सात करोड ३ लाख रुपियाँ मात्रै नाफा आर्जन गरेकोमा यसपाली भने सात करोड १४ लाख रुपियाँ आर्जन गर्न सफल भएको हो । 

कम्पनीले पहिलो त्रैमासमा एक अर्ब ५० करोड रुपियाँ बीमा शुल्क आर्जन गरेको छ भने १ अर्ब ८ करोड रुपियाँ बराबरको नविकरण बीमा शुल्क आर्जन गर्न सफल भएको छ । 

Advertisement

समिक्षा अवधिमा चुक्ता पुँजी तीन अर्ब ७५ करोड रुपियाँ रहेको छ भने कम्पनीले जोखिमको अवस्थामा प्रयोग गरिने महाविपत्ति कोषमा १४ करोड ५० लाख रुपियाँ राखेको छ । 

हाल कम्पनीको प्रति शेयर आम्दानी सात रुपियाँ ६३ पैसा रहेको कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ । 

Advertisement

Advertisement