आइएमई लाइफले बढायो नाफा, पहिलो त्रैमासमा कमायो १३ करोड

Advertisement

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले पहिलो त्रैमासमा १३ करोड ३ लाख रुपियाँ नाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको पहिलो त्रैमासमा सात करोड ३९ लाख रुपियाँ  नाफा आर्जन गरेको थियो ।

कम्पनी ले पहिलो तीन महिनामा एक अर्ब १० करोड रुपियाँ बीमाशुल्क संकलन गर्दै नवीकरण बीमाशुल्कतर्फ १८.२९ प्रतिशत बढाउन सफल भएको हो ।

Advertisement

हाल कम्पनी को चुक्ता पुँजी चार अर्ब रुपिायाँ रहेको छ भने कम्पनीको जगेडा कोषमा १३ करोड ४५ लाख रुपियाँ रहेको कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणमा देखिन्छ ।

 हाल कम्पनीको प्रति शेयर आम्दानी १३ रुपियाँ ४ पैसा रहेको छ ।

Advertisement

Advertisement