महासंघका उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा उद्योगमन्त्री रिजालसँग भेटवार्ता

Advertisement

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सचिव मुकुन्दप्रसाद निरौला र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठको नेतृत्वमा गएको नेउवामहासंघ स्टार्टअप एण्ड इन्नोभेशन प्रतिनिधिमण्डल बीच भेटबार्ता भएको छ ।

उक्त भेटका क्रममा महासंघ स्टार्टअप तथा ईन्नोभशन फोरमका सभापती जूना माथेमाले महासंघ अन्तरगत आफु नेतृत्वको फोरमको परिचय गराउनका साथै स्टार्टअप नेशन २०३० लाई सफल पार्नका लागि फोरमले अपनत्व गरेका रणनीतिक योजनाहरु मन्त्रीसमक्ष  पेश गरेका थिए ।  

Advertisement

भेटमा प्रतिनिधिमण्डलले देशकोठूलो हिस्सा ओगटेको युवा र नव युवाउद्यमीहरुका नविनतम सोचहरुको महत्व र प्रभावलाई बुझेर स्टार्टअप नीति, स्टार्टअप धितो कोष संचालन कार्यबिधि, २०८०, आदिकोकार्यान्वयन गर्ने प्रकृयालाई तिब्रता दिनुपर्नेमा जोड दिएको थियो । उक्त भेटका क्रममा माननिय मन्त्री रिजालले हाम्रा सरकोकारहरुलाई ग्रहण गर्नका साथै यसलाई पूरा गर्न मिलेर काम गर्ने प्रतिबद्ध जनाएका थिए । 

देशको समग्र आर्थिक, सामाजिक र दिगो विकासमा स्टार्टअप तथा नवप्रवर्तनको एकदमै महात्वपूर्ण भुमिका रहेकाले सहकार्यलाई सुव्यवस्थित गर्ने र हाम्रा संयुक्त प्रयासहरुलाई अगाडी बढाउने रणनीतिहरुबारे छलफल गर्नका साथै हामीले तयार गरेका हाम्रा रणनीतिक योजनाहरुको २ पेजर मन्त्रिज्यू समक्ष हस्तानतरण समेत गरिएको थियो । 

उक्त भेटमा स्टार्टअपको प्रवद्र्धनका सम्बन्धमा अन्य बिषयहरुमा पनि फलदायी छलफल भएको जनाइएको छ । 

Advertisement

Advertisement