दुर्गा प्रसाइँदेखि सरकार त्रसितः माइतीघरदेखि नयाँ बानेश्वरसम्मै निषेधित क्षेत्र घोषणा

Advertisement

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई नै निषेधित क्षेत्र घोषणा गरेको छ ।

अहिलेको गणतान्त्रिक व्यवस्था परिवर्तनका लागि भन्दै व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँदे मंसिर ७ बाट काठमाडौंमा लाखौं मानिस उतारी विरोध प्रदर्शन गर्ने बताएपछि सरकारले सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । 

Advertisement

जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो । 

प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क)मा कुनै ठाउँमा हुलदंगा वा अशान्ति भएमा वा हुनसक्ने पर्याप्त आधार देखिए क्षेत्र र समय तोकेर हुलदंगा वा अशान्ति पार्ने उद्देश्यले एकैठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश गर्नसक्ने उल्लेख छ । तर यसअघि सरकारले घोषणा गरेको निषेधित क्षेत्र गैरकानुनी भएको भन्दै सवोृचच अदालतले सो निर्णय उल्ट्याएको थियो । 

Advertisement

Advertisement