एनसेलको शेयर सतिशलाललाई बिक्री गरेको देखाएर नियन्त्रण कायम गर्ने आजियटाको योजना

Advertisement

 

काठमाडौं । एनसेलको नेपाली साझेदारको रुपमा चिनिएका सतिशलाल आचार्य नियन्त्रित कम्पनीहरुको सक्रियता र मिलेमतोमा एनसेलको मलेसियन साझेदार आजियटाले २०१५ देखि बदमासी गर्दै आएको तथ्यहरु भेटिएको छ । 

Advertisement

आजियटाले नेपालमा कारोबार गर्दा कर र अन्य शुल्कमा अर्बौं रुपियाँ नोक्सान भएको र आगामी दिनमा थप नोक्सान पुर्याउनसक्ने देखिएको छ । भर्खरै नेपालमा व्यवसायिक वातावरण नभएको भन्दै आजियटाले एनसेलबाट हात झिक्ने संकेत गर्नु अर्थपूर्ण देखिन्छ । 

आजियटाको उक्त निर्णयमा सतिशलाल किन मौन छन् ? प्रश्न उठाएको छ । यो मौनताले नेपाललाई थप नोक्सान पुर्याउनसक्ने एनसेल स्रोतको भनाई छ । स्रोत भन्छ, ‘नेपाललाई थप नोक्सान पुर्याउनको लागि सतिशलाल ‘कभर अप अपरेसन’मा छन् र आजियटा एनसेललाई बेचबिखन गर्ने बाटोमा लागेको छ । यो ‘फ्रन्टलाइन ट्रान्जेक्सनअनुसार सतिशलाल र उनका भाई सचिनलाल आचार्यले विदेशी तथा स्थानीय कम्पनीमार्फत एनसेललाई अप्रत्यक्ष रूपमा किन्न सक्नेछन् तर एनसेलको थप बिक्रीबाट लाभांश र पुँजीगत लाभलाई भने आजियाटासँग निरन्तर रूपमा बाँड्न सक्नेछन् ।’

सन् २०१५ को डिसेम्बरमा, सुनिभेरा क्यापिटल भेन्चरसँग जोडिएको कम्पनीले आजियाटाबाट साउदर्न कोस्ट भेन्चर्स प्रालि (एससीभी)मा अमेरिकी डलर ९ करोड प्रवाह गरेको थियो । सुनिभेराले एनसेलको २० प्रतिशत शेयर किनेर आजियटाको स्थानीय साझेदार बनेको थियो । 

एससीभी, एक गृहिणी भावना सिंह श्रेष्ठसँग जोडिएको छ, जसका श्रीमान् सतिशलाल हुन् । उनको कम्पनीले पहिले आजियटाको कम्बोडियन व्यवसायमा आफ्नो हिस्सेदारी बढाउन बोनस शेयर दिएको थियो । त्यसपछि यी धेरै शेयर जोडिएर सतिशको १० प्रतिशत शेयर होल्डिङ हुन्छ । तिनीहरूको कम्बोडियन व्यवसायको मर्जर स्मार्ट कम्बोडियासँग भयो जुन कम्पनी एससीभीको लागि रकम प्रदान गर्न र उसलाई एक नक्कली साझेदार बनाउन खरिद गरिएको थियो । आफ्नी श्रीमतीलाई अगाडि सारेर आचार्यले यस कम्पनमार्फत नेपाललाई आर्थिक नोक्सान पुर्याउन आजियाटालाई सहयोग गर्दै आएको छ ।

आजियटाले अब कागजमा एनसेललाई कम्बोडियन व्यवसायको शेयर लाभांश र पूँजीगत लाभ बाँड्ने अधिकार कायम राख्दै सतिशलाई बेच्ने प्रस्ताव गरेको छ । यो ठगीपूर्ण कारोवारले आजियटालाई पहिलेदेखि रहेको दायित्वबाट मुक्त गर्ने मात्र नभई जाली कारोबारको आधारमा विदेशी नागरिक सतिश, उनको नेपाली भाई सचिन र सिंगापुरमा बस्ने नेपाली श्रीमती भावनालाई प्रयोग गरी नेपाललाई थप आर्थिक नोक्सान पुर्याउने कार्य जारी राख्ने छ । 

विगतमा कयौं बिक्रीमा रहेका ‘सेल’ कम्पनीले नेपाली शेयरधनी बनाएर नेपाललाई ठगी गर्न प्रयोग भएका थिए । नेपाललाई ठगी गर्न, नेपाल र एक्जियाटाका शेयरधनीलाई ठगी गर्न नेपाली शेयरधनी सिर्जना गर्ने यी विगतका जाली कारोबारहरूमा प्रयोग गरिएका धेरै सेल कम्पनीहरूमाः टाइमटर्न होल्डिङ्स लिमिटेड, लेटल्ज कम्पनी लिमिटेड, ग्लासवुल, साउथ कोस्ट भेन्चर र सुनिभेरा क्यापिटल समावेश छन् । 

सतिशलाल आचार्य, जो सिंगापुरमा भावनासँगै गैरआवासीय नेपाली भएर बस्दै आएका छन् । उनले आजियाटासँग पूर्णरुपमा सम्वद्ध रहँदै आएको विगत धेरै वर्षको उनको गतिविधि र मौनताबाट देख्न सकिन्छ । अहिले पनि आजियटालाई आफ्नो र उनका भाई सचिनलालको पक्षमा एनसेलको बिक्री हतारमा गर्न दबाब दिइरहेको एनसेल स्रोतको दावी छ । 

गत साता (नोभेम्बर २३)मा सम्पन्न एनसेलको बार्षिक साधारणसभामा आफ्नो उम्मेदवार ह्विस्टल ब्लोअरमार्फत लाभांश वितरणमा आपत्ति जनाउँदै धम्की दिने काम गरेका थिए । स्रोत भन्छ, ‘अल्पसंख्यक भएकाले आफूमाथि शासन हुनेछ भन्ने कुरा उहाँलाई सबै थाहा थियो । तर बोर्ड बैठक र साधारण सभामा मनोनयनकर्ताहरूमार्फत आवाज उठाएर उहाँले आजियटालाई हतारमा सम्झौता गर्न दबाब दिनुभयो ।’

यदि हाल सर्वोच्च अदालतमा विचाराधिन मुद्दाको फैसला आयो भने उनीहरुलाई नेपालमा थप लगानी गर्नबाट बचाउने बताउँदै स्रोतले सतिशले अहिलेसम्मको कारोबारमार्फत सरकारलाई एनसेलको हक स्वामित्वबाट बञ्चित गर्न खोजिरहेको बताए । यसमा उनले आजियटाको लागि मोर्चा बनाउने र उनीहरूसँग लाभांश र अन्य नाफा बाँड्छन् । 

टेलिकम व्यवसाय विश्वमै बढी नाफा हुने व्यवसायको रुपमा चिनिन्छ । यसको लाइसेन्स किनबेचमा नै निकै ठूलो किनबेच र चलखेल हुन्छ । अहिलेसम्मको क्रियाकलाप हेर्दा आजियटा र आचार्यले नेपालको सरकार, अदालत, यहाँका सरकारी निकाय र आम जनतालाई जिल्याएर काम गर्ने जनतामा गलत सुचना सिर्जना गर्ने, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललाई प्रभावमा पारेर आफ्नो पक्षबाट अगाडि बढाउन काम गर्दै आएका छन् । 

पछिल्लो समयमा आजियटाले एनसेलमा भएको आफ्नो शेयर लगानी बिक्री गरेर बाहिरिन लागको प्रचार गरिए पनि यसको वास्तविकता अर्कै रहेको एनसेल स्रोतको जिकिर छ । एनसेलले सर्वोच्च अदालतमा ५८ अर्बभन्दा बढीको आयकरको मुद्दा खेपिरहेको र दूरसञ्चार कम्पनीको रुपमा एनसेल आजियटा लिमिटेडलाई सरकारले दिएको २५ बर्षको अवधि सक्किन पाँच बर्षभन्दा बढी रहेको बेला आजियटा समूहले लगानी फिर्ता लैजाने कुरा गर्नु रहस्यमय देखिन्छ । 

Advertisement

Advertisement