त्रिभुवन विमानस्थलमा चिनियाँ यात्रुको पावर बैंक पडकिएर आगलागी

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र एक चिनियाँ यात्रुको ‘पावर बैंक’ पडकिँदा झेलामा आगलागी भएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुभाष झाका अनुसार चीन जान लागेका यात्रु बोर्डिङ पास लिएर हलमा उडान समय पर्खिरहेको बेला पावर बैंक ब्लस्ट भई आगलागी भएको हो । 

Advertisement

आगो तत्काल निभाइएको र यात्रु चीन प्रस्थान गरिसकेको उनले बताए । बोडिङ हलमा छेउमा पावर बैंक राखेर ल्यावटप चलाइरहेको बेला पावर बैंक ब्लास्ट भई आगलागी भएको थियो । पावर बैंक पडकिँदा एकपछि वरपरमा यात्रुहरु झस्किएका थिए । 

Advertisement

Advertisement