हिमालय जेटको पहिलो सिधा उडान लण्डन–काठमाडौं हुने, यस्तो छ कम्पनीको योजना

Advertisement

काठमाडौं । बेलायतका नेपाली मुलका व्यवसायी दिपेन्द्र गुरुङको स्वामित्वमा रहेको हिमालय जेटले आफ्नो पहिलो सिधा उडान नेपालबाट गर्ने भएको छ । कम्पनीले विज्ञप्ति जारी गर्दै लण्डन तथा युरोपका विभिन्न शहरबाट आफ्नो सिधा नेपाल उडानको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । 

हिमालय जेट ब्रिटिस प्रिमियम हवाई सेवा कम्पनी हो, जसले लामो दूरीको उडान गर्नेछ । कम्पनीले सबै उडानहरु निर्धारित चार्टर एसीएमई मोडल, ईयू एओसी, क्यूथ्रि २०२५ मा आधारित हुनेछन् । बेलायतमा विगत सात बर्षदेखि बजार विश्लेषण र अनुसन्धानका क्षेत्रमा काम गर्दै आएको व्यावसायिक समूहले नेपालमा लामो दूरीको सिधा हवाई सेवा सञ्चालन गर्ने तयारी गरेको हो । 

Advertisement

प्रारम्भिक चरणमा नेपालबाट हप्ताको तीन वडा उडान गर्ने योजना बनाएको हिमालय जेटले लण्डनस्थित एयरलाइन्सको मूख्यालयका यातायात उड्डयन निर्देशनालय प्रमुख माकै बोस्ली र यूके सर्भिसेज नेगोसियटर तथा हिमालय जेटका अध्यक्ष दीपेन्द्र गुरुङ एमआईओडीले नेतृत्व गर्ने एयरलाइन्सलाई नयाँ उचाईमा पुर्याउने कम्पनीको भनाई छ । 
 
गत सेप्टेम्बर महिनाबाट सुरु भएको यो तयारी अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको हो । हिमालय जेटका अनुसार गत सेप्टेम्बरमा नै बेलायती व्यावसायी पल अर्गललाई उडान निर्देशक एवं बेलायतकै लागि जनरल सेल्स एजेन्ट (जीएसए) नियुक्त गरेको हिमालय जेटले नेपालमा जेनिथ ट्राभलका जय देवानलाई जीएसए नियुक्त गरेको छ । 

कम्पनीले लण्डनबाहेक युरोपका अन्य शहरः पेरिस, फ्राङफ्रट, मेड्रिट र अष्ट्रेलियाको सिड्नीबाट पनि सन् २०२४ भित्रै सिधा नेपाल उडानको तयारी गरेको जनाएको छ । त्यस्तै, मकाओ, भेगस, लस एन्जलसलगायतका ठूला शहरहरुमा चार्टर उडानको तयारी गरेको पनि विज्ञप्तिमा जनाइएको छ । 

अन्तर्राष्ट्रिय उडानका क्षेत्रमा आफूहरुले विशिष्ट योगदान पुर्याउने बताउँदै हिमालय जेटले आफूहरु लक्जरी उडानमा एउटा उदाहरण नै बन्ने बताएको छ । गत सेप्टेम्बरमा ५४ हजारभन्दा बढिले माया र विश्वास गरेको र सो संख्या युरोपका अन्य शहरमा पनि उत्तिकै रहेको बताउँदै ग्राहकहरुलाई उडान क्षेत्रमा रहेका पाँच तारे होटल, रेष्टुरेन्ट, कार रेन्टल, सिनेमा तथा सपिङ मलहरुमा ७० प्रतिशतसम्मको भारी छुटको व्यवस्था गरेको जनाएको छ । 

हिमालय जेटले विश्वका विभिन्न शहरबाट नेपालमा सिधा उडान सुरु भएपछि नेपालको पर्यटन उद्योगले पनि निकै फड्को मार्ने आशा लिइएको छ । हिमालय जेटले नेपालमा उडान सुरु गरी ठूला शहरहरुसँगको सिधा कनेक्टिभिटि बढाउन लागेको कुराले नेपालका पर्यटन व्यावसायीहरु पनि खुशी भएका छन् । युरोप तथा अष्ट्रेलियाका विभिन्न शहरमा लाखौं नेपालीहरुको बसोबार रहँदै आएको छ । हिमालय जेटको उडान सुरु हुँदा उनीहरु लाभान्वित हुने अवस्था बन्नेछ । 

कम्पनीले भनेको छ, ‘हामीले आफ्नो पखेटा फैलाउने तयारी गरिरहेको बेला, सबै यात्रुहरू, साझेदारहरू र उड्डयन उत्साहीहरूलाई यस ऐतिहासिक क्षणको उत्साहमा सामेल हुन आमन्त्रित गर्दछौं ।’

undefined

undefined

Advertisement

Advertisement