काठमाडौं । बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा पहिलो पटक तेन्जिङ नोर्गे शेर्पा खुल्ला आरोहण प्रतियोगिता (टप रोप इडिशन) हुने भएको छ ।
यही माघ १५ गते बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा उक्त प्रतियोगिता आयोजना हुन लागेको कार्यक्रमका संयोजक छिरिङ जाङबु शेर्पाले जानकारी दिए ।
युएस नेपाल क्लाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ निमा शेर्पाका अनुसार युएस नेपाल क्लाइमस एसोसिएसन र युएसएनसीए र नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसनले संयुक्त रूपमा आरोहणको खेललाई प्रवर्द्धन गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमले प्रतिस्पर्धा मात्र होइन, आरोहण संस्कृति, सौहाद्र्धता र तेन्जिङ नोर्गे शेर्पाको अटल भावनाको उत्सवको पनि प्रतिज्ञा गरिएको छ ।
कार्यक्रमका संयोजक शेर्पाले भने, ‘यो प्रतियोगिता मात्र होइन प्रतिष्ठित तेन्जिङ नोर्गे शेर्पा प्रति श्रद्धाञ्जली पनि हो ।’
उक्त प्रतियोगिता पुरुष र महिलाहरुबीच छुट्टाछुट्दै प्रतियोगिता हुनेछ । पहिलो, दोस्रो र तेस्रो हुनेलाई नगद पुरस्कार र हेङ्गिङ ब्याच प्रदान गरिने छ ।