भैरहवा विमानस्थलबाट उडान गर्न भियतनाम एयरलाइन्ससँग कुराकानी

Advertisement

काठमाडौं । भियतनाम एयरलाइन्सले भैरहवस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर उडान गर्न चासो राखेको छ । यही मार्चबाट भैरहवामा चार्टर उडान थाल्ने तयारी गरेको सो विमानस्थलले जनाएको छ ।

भियतनामको राष्ट्रिय वायुसेवाले भैरहवामा उडान गर्न दुई सातादेखि कुरा भइरहेको विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डले बताए । उनले भने, ‘भैरहवामा चार्टर उडान गर्न भियतनाम एयरलाइन्स सकारात्मक देखिएको छ । दुई सातादेखि अनलाइन कुराकानी भइरहेको छ । उनीहरुले केही जिज्ञासा राखेका थिए । हामीले यहाँको अवस्थाबारे बताएका छौं ।’

Advertisement

भियतनाम एयरलाइन्सले भैरहवा विमानस्थलको प्राविधिक अध्ययन गरिरहेको पाण्डेको भनाई छ । अहिले चार्टर उडानबाट सुरु गर्ने र बजार अध्ययन गरेपछि  नियमित उडान पनि गर्नसक्ने उनले बताए । यो विमानस्थलमा यसअघि म्यानमार, कम्बोडिया लगायतका देशले उडान गर्न चासो देखाए पनि उडान भने गरेका छैनन् । 

कम्बोडियाको नेश्नल एयरलाइन्स र म्यानमार नेश्नल एयरलाइन्सले गत अक्टोबरबाट चार्टर उडान सुरु गर्ने बताएका थिए । तर हालसम्म पनि उडान नगरेको पाण्डेले बताए । 

Advertisement

Advertisement