आजको मौसम : तराईमा हुस्सु र कुहिरो, पहाडी भेगमा हिउँ पर्न सक्ने

Advertisement

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज (बिहीबार) बिहानसम्म देशका पहाडी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । मधेस प्रदेशका अधिकांश भू–भागसहित तराईका जिल्लामा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । 

Advertisement

त्यसैगरी, बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार राति भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

Advertisement

Advertisement