‘टुरिष्ट गाइड’ एशोसियसनको अध्यक्षमा देवकोटा निर्वाचित

Advertisement

काठमाडौँ ।  ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित भएका छन् । 

टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् । 

Advertisement

यस्तै महासचिवमा टंकप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुयाँल निर्वाचित हुनुभएको छ भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा, सचिवमा माधवराज श्रेष्ठ यसअघि नै निर्विरोध चयन भइसकेका थिए । 

कार्यसमिति सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रमेश खतिवडाले जानकारी दिए । 

undefinedसाधारणसभाको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा दीपक काफ्लेले टुरिष्ट गाइड विदेशी पर्यटकलाई नेपालको दूतका रुपमा काम गर्ने भएकाले विदेशी पाहुनालाई राम्रो व्यवहार गरी अन्तर्राष्ट्रियस्तरमा नेपालकाबारेमा सही सन्देश प्रवाह गर्न आग्रह गरे । 

उनले पछिल्लो समय नेपालको पर्यटन क्षेत्र विस्तारै लयमा फर्कंदै गएकाले सरकारले पर्यटन प्रवर्द्धनका कार्यक्रमलाई विशेष जोड दिइरहेको उनको भनाइ थियो । 

Advertisement

Advertisement