त्रिभुवन विमानस्थलमा अध्यागमन अधिकृतमाथि प्रहरीद्धारा कुटपिट

Advertisement

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखसहित अध्यागमन अधिकृतलाई प्रहरीले कुटपिट गरेको छ । 

चेकजाँचका क्रममा विवाद हुँदा प्रहरीले उनीहरुमाथि हातपात गरेको हो । आज (शुक्रबार( बिहान विमानस्थलमा कार्यरत अध्यागमन अधिकृत छायाँलाल मोक्तान अराइभलबाट डिपार्चरतिर जाने क्रममा मेटल डिटेक्टर भएको ठाउँमा चेकजाँच गर्ने क्रममा विवाद हुँदा प्रहरीले हातपात गरेको हो । 

Advertisement

आफू अध्यागमन अधिकृत भएको र कुनै धातु पनि आफूसँग नभएको किन चेकजाँच गर्नुपर्यो ? भन्दा प्रहरीले कुटपिट गरेको मोक्तानले बताएका छन् । विवादका क्रममा घटनास्थल पुगेका अध्यागमन कार्यालय प्रमुखलाई समेत प्रहरीले लात्ति हानेका थिए । 

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले यो घटनाबारे गृह मन्त्रालयलाई जानकारी गराएको बताएको छ । अहिले विवाद समाधानका लागि प्रहरी र अध्यागनका अधिकारीहरुबीच कुराकानी भइरहेको समाचार छ । सुन तस्करीको घटना छानविनको विषयलाई लिएर विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीबीच चिस्सिँदै गएको बेला आजको घटना भएको हो । 

Advertisement

Advertisement