राजधानीको सडकको दयनीय अवस्था, गुढ्दै गरेको बसको चक्का जमिनमा भासियो

Advertisement

काठमाडौं । राजधानी काठमाडौंको नयाँबानेश्वरस्थित मुल सडकमा गुडिरहेको बसको चक्का जमिनमा भासिएको छ । 

तीनकुनेबाट रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला चक्का जमिनमा भासिएको हो ।

Advertisement

चक्का जमिनमा गडेपछि यात्रुहरु बाहिर निस्किएका थिए । अहिले सो बसलाई बाहिर निकालेर सडक मर्मतको गराउने तयारी ट्राफिक प्रहरीले गरिएको छ । 

सडक निर्माण गुणस्तरीय नहुँदा राजधानीका विभिन्न सडकमा यसअघि पनि यसरी सडक भासिने गरेको छ । अहिले पालिकाको क्षेत्राधिकारमा पर्ने सडकहरु काठमाडौं महानगरपालिकाले कालोपत्रे गर्ने तर नेपाल विद्युत प्राधिकरण र खानेपानीसम्वन्धी निकायले तत्कालै भत्काउने गर्दा नगरवासी हैरान भएका छन् । 

Advertisement

Advertisement